सरकार समक्ष निर्माण व्यवसायीको ५ बुँदे माग, ७ दिनमा सम्बोधन नभए निर्माण ठप्प पार्ने

निर्माण व्यवसायीहरूले सरकार समक्ष ५ बुँदे माग राखेर ७ दिन भित्र सम्बोधन गर्न अल्टिमेटम दिएका छन् । आज सम्पन्न निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलाले ५ वटा माग सम्बोधन गर्न सरकारलाई दबाब दिएको हो ।निर्माण सामाग्रीको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनको त्रुटि र म्याद सकिन लागेका आयोजनाको कम्तिमा एक वर्षसम्म म्याद थप हुनुपर्ने उनीहरूको माग छ । यस्तै, निर्माण क्षेत्रलाई लक्षित गरेर ल्याइएको बीमा निर्देशिका खारेज र आयोजनाको भुक्तानीको सुनिश्चितता गर्नुपर्ने माग निर्माण व्यवसायीहरूको