काठमाडौं : रोमेलु लुकाकुले चार गोल गरेपछि बेल्जियमले युरोकप छनोटमा अजरबैजानलाई ५–० को फराकिलो अन्तरले हराएको छ। समूह एफको शीर्ष स्थानमा रहन बेल्जियमले सानदार जित दर्ता गरेको हो।
खेलको १७ औं मिनेटमा नै लुकाकूले गोलको खाता खोलेका थिए। तर २४ औं मिनेटमा अजरबैजानका एड्डी पास्कलले रातो कार्डको सजाय पाएपछि बेल्जियमले खेलमा एकतर्फी दबाब बनाएको थियो। लुकाककूले खेलको २६ औं र ३० औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे।
उनले १४ मिनेटमा नै ह्याट्रिक गरेका थिए। उनले टिमको लागि चौथो गोल पनि ३७ ...