जलवायुमा परिवर्तन : ६ हजार मिटरमाथि मात्रै हिउँ

बझाङको साइपाल गाउँपालिका–२ का तिलक विक २०६२ सालमा साइपाल हिमाल आरोहणमा गए। बेसक्याम्प आसपासका स्थानमा टम्म हिउँ थियो। बाजा राईढुंगी छेउछाउका हिमनदीमा हिउँकै साँघु थिए।‘ससाना हिमनदी तर्न हिमसाँघु (हिउँ जमेर बनेका ससाना पुल) थिए। हामी धेरै हिमनदीमा जमेको हिउँको साँघु तरेका थियौं। तर, अहिले ती स्थानमा काठका साँघु बनाइएका छन्’, विक भन्छन्, ‘करिब १ हजार मिटरसम्म हिउँ पग्लिएको छ।’उक्त हिमाल चीनको तिब्बतसँग जोडिएको क्षेत्र हो। ‘दुई दशकअघि साइपाल हिमाल जाँदा

सम्बन्धित सामग्री

चितवनमा पनि जम्यो नेपथ्यको लोकरक साँझ

भरतपुर – बत्तीका चकमन्न रंगीविरंगी धर्काहरुले आकाश र भुइँ सबैतिर तिरिमिरि उज्यालो देखाइरहेकै बेला मञ्चमा चढेका गायक अमृत गुरुङले गाउन सुरु गरेः ‘आकाशैबाट के उडि आयो भेँडाको ऊनजस्तो’ उता मञ्चको माथिल्लो भागबाट हिउँ पर्दै गरेको भान पार्ने गरी स्नो इफेक्टको प्रयोगगरिएको थियो। तल सांगीतिक उत्तेजनामा चिच्याइरहेका झण्डै साढे ६ हजार दर्शकको आवाजले मञ्चको ध्वनिलाई समेत […]

साहसिक पदयात्रा मार्ग र शेर्पेनीकोल

साहसिक पर्यटनका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ । कैयौं हिमाल र हिमालका घाँटीहरू पास गर्दै कठिन यात्रा गर्नुपर्ने उच्च हिमाली क्षेत्रमा रहेका पदयात्रा (ट्रेकिङ रूट) मार्ग छन् । ग्रेट हिमाल ट्रेल, शेर्पेनीकोल, टाशीलाप्चा पास, आमालाप्चा पास, मिङ्माला पास, मेराला पास, कालापत्थर, गोक्यो–री, रिन्जोला पास, चलोला पास, कञ्चनजंघा दक्षिण सेलेले पास, मिरिङला पास, कञ्चनजंघा उत्तर ल्होनाक, पाङ्पेमा बेस क्याम्प, कागमारा पास, अप्पर डोल्पा, शे–गुम्बा, धो–तराप पास, गणेश हिमाल, रुबी भ्याली, नार–फु, थोरोङपास, तिलिचो पास, मनास्लु पास, चुम भ्याली, धवलागिरि पास (धवलागिरि राउन्ड), गोसाइँकुण्ड पास, अप्पर मुस्ताङ, माछापुच्छे« तथा अन्नपूर्ण बेस क्याम्प, मार्दी हिमाल, अन्नपूर्ण धवलागिरि (एडी) सर्कट, अपी हिमाल, हुम्ला (लिमी) पास आदि प्रमुख पदयात्रा मार्ग हुन् । विश्वकै उच्च हिमाली क्षेत्रमा गरिने धेरै कम पदयात्रा मार्गमध्ये पर्ने शेर्पेनीकोल एक हो । पदयात्रीहरू शेर्पेनीकोल र वरुणत्चे–१ बीचको ६ हजार २०० मीटरको सेरोफेरोको यात्रामा खुबै सास्ती खेपिरहेका हुन्छन् । धेरै उचाइ र साह्रै कठिन यात्रा गर्नुपर्ने भएकाले यो पदमार्गमा धेरै कम विदेशी पर्यटक आउने गरेका छन् । यो रूटमा ट्रेकिङ गर्न कुनै बेला सुनसरी जिल्लाको धरान बजार, भेंडेटार, धनकुटा बजार, हिले, पाख्रीवास, ताङ्माया, तुम्लिङटार हुँदै पैदल यात्रा गर्नुपथ्र्यो । अहिले चाहिँ संखुवासभा जिल्लाको चिचिला–नुमसम्मै गाडी चल्ने गरेको छ । त्यहाँबाट पैदल यात्रा टाशी गाउँ, याङले खर्क, खोङमा–ला, मकालु बेस क्याम्प, वरुत्चे हिमालको बेस क्याम्प हुँदै शेर्पेनीकोल (६,१२५ मीटर) पास गरेर सोलुखुम्बु जिल्लाको मेरा–ला, खारे, ठाङना, हुँदै लुक्ला पुगेर पदयात्रा सकिन्छ । केही पदयात्रीहरूले चाहिँ मेरा–ला वा वरुत्चे हिमालबाट आम्फु लाप्चा पास हुँदै छुकुङ गाउँमा निक्लेर दिङबोचे, फेरिचे, पाङबोचे, तेङबोचे, नाम्चे बजार हुँदै लुक्ला बजारमा आएर आफ्नो २५/२६ दिनदेखि २९/३०/३१ दिनसम्मको पदयात्रा समाप्त गर्छन् । यो पदयात्रा मार्गमा विभिन्न उपमार्ग पनि छन् तापनि मानेभञ्ज्याङ, चिचिला, नुम, सेदुवा, टासिगाउँ, खोङ्मा डाँडा, नुम्बुक, याङ्ले खर्क, हिलारीबेस क्याम्प हुँदै शेर्पेनीकोल (६,१२५ मीटर) मा क्याम्प गर्नुपर्छ । यहाँ सीधा भिरालो छ । यहाँको बाटो हिउँ नै हिउँले ढाकेको हुन्छ, जहाँ नीलो जमेको ‘ब्लु आइस’को ढिक्काको बाटो क्रस गर्दै हिँडेर पास गर्नुपर्छ । ६,२०० मीटरको हाराहारीमा वरुणत्चे हिमालको क्याम्प–१ मा वास बस्नुपर्छ । यो मार्गमा टासीगाउँसम्म मान्छेको बसोवास छ । यहाँ २०–२५ घर शेर्पा छन् । त्यसपछिको प्राय: सबै क्याम्प खर्क–चउरमा गरिन्छ । हिलारी बेसक्याम्पदेखि हिउँमाथि हिँड्न शुरू गर्नुपर्छ । हिलारी बेस क्याम्प ४,२०० मीटर उचाइमा अवस्थित छ । त्यस्तै १ दिन पूरै नाक ठोक्किने उकालो बाटो हिँड्नुपर्छ । पदयात्रीहरू शेर्पेनीकोल र वरुणत्चे–१ बीचको ६,२०० मीटरको सेरोफेरोमा यात्रा गरिरहेका बेला खुबै सास्ती खेपिरहेका हुन्छन् । उच्च हिमाली भेगमा अक्सिजनको कमी हुन्छ । हिँड्दाहिँड्दै थकाइ लागेमा हिउँमाथि नै थचारिएर सास फेर्छन् । प्राय: सबै पदयात्री, स्टाफ तथा भरियाको हालत त्यस्तै हुन्छ तापनि भरियाको अवस्था बढी नै दयनीय हुन्छ । कतिपय भरिया उच्च हिमाली भेगमा अत्यधिक चिसोका कारण लाग्ने अस्थायी रोग (फोक्सो र दिमागमा पानी जम्ने ‘हेप’ र ‘हेस’) का कारण सिकिस्तै हुन्छन् भने कतिको त हिँड्दाहिँड्दै ज्यानै जान सक्ने खतरा हुन्छ । शेर्पेनीकोल पास गरेर वरुणत्चे बेस क्याम्प आउने दिन लगभग ५०० मीटरजति त डोरी मात्रै टाँग्नुपर्छ । मान्छे, खाना, पाल, पर्यटकको सरसामान भएको बेडिङलगायत सबै सरसामान डोरीबाटै पास गर्नुपर्छ । कति भरियाले भारी बोक्न नसकेर बाटो छाडेर हिँड्छन् । ज्यानभन्दा ठूलो होइन ती खानेकुरा र सरसामानहरू ! बाटामा कताकति हिउँले कठ्याङ्ग्रिएर र लेक लागेर मरेका मान्छेको लास पनि भेटिन्छ । ती लास प्राय: नेपालीका, त्यसमा पनि भरियाहरूको हुन्छ । दिउँसोको चर्को घाममा हिउँ टल्किएर आँखाले केही देखिँदैन । भारी बोक्ने मान्छेलाई पार लगाउँदाको हैरान होइन्छ । फेरि तल बस्नेले गलत संंकेत दियो भने दुर्घटना हुने सम्भावना बढी नै हुन्छ । त्यसैले यो पदयात्रा मार्गमा हत्तपत्त कुनै पनि विदेशी पदयात्रीहरूले पदयात्रा (ट्रेकिङ) गर्दैनन् । जजसले यो मार्गमा पदयात्रा गर्छन्, ती जुनसुकै देशका होऊन्, उनीहरू आफूलाई गौरवान्वित र भाग्यमानी भएको ठान्छन् । यहाँ पर्यटकले विश्वकै उच्च हिमाली भेगको पास एवम् खतरापूर्ण र साहसिक पदयात्रा गर्न सफल हुन्छन् । विगतमा आधुनिक सूचना र सञ्चारको अभाव र मानव बस्ती नभएका कारण बीच बाटोमा कथंकदाचित् विदेशी पर्यटक अथवा नेपाली स्टाफहरू बिरामी भइहालेमा उद्धारका लागि हेलिकोप्टर मगाउन हत्तपत्त सम्भव हुन्थेन । लेक लागेर बिरामी भएका मान्छेलाई बचाउन सके वा बिरामी बाँचेमा पनि सद्दे र तगडा मान्छेले सकी–नसकी बोकेरै उद्धार गरिन्थ्यो । केही गरी विदेशी पर्यटक मरेमा लासलाई बोकेरै सुगम ठाउँमा ल्याइन्थ्यो र हेलिकोप्टरले उद्धार गरेर काठमाडौं ल्याउँथ्यो । नेपालीहरू मरी हालेमा लास त्यतै छाडिन्थ्यो । त्यस्तो अनकन्टार र हिउँ नै हिउँको बाटोमा कोही बिरामी भइहालेमा बिरामीका साथमा ३–४ जना स्टाफ साथ लगाएर पठाउनुपर्ने हुन्थ्यो । बिरामी एक्लै फर्किन सम्भव नै हुँदैनथ्यो । बिरामीलाई एक्लै फर्काएमा बाटोमा मर्ने बाँच्ने केही ठेगान हुँदैनथ्यो, अझ त्यसरी एक्लै पठाउँदा धेरैजसो बिरामी मर्ने सम्भावना नै हुन्थ्यो । लेखक पर्यटनकर्मी हुन् ।

रत्ननगरमा ३० करोड लगानीको वाटर किङडम शिलान्यास

चितवन (अस) । चितवनको रत्ननगर नगरपालिका–५ झुवानीमा ३० करोड रुपैयाँ लगानीमा वाटर किङडम निर्माण हुने भएको छ । नगरपालिकाका मेयर नारायण वनले वाटर किङडमको शिलान्यास गरे । झुवानी माविले संरक्षण गर्दै आएको तीन बिघा क्षेत्रफलमा सार्वजनिक/निजी साझेदारीमा वाटर किङडम निर्माण सुरु गरिएको मेयर वनले जानकारी दिए  । पहिलो चरणमा ९ करोड ७९ लाखमा ठेक्का सम्झौता भई काम सुरु भएको उनले बताए । पार्कमा सरकारको ४ करोड  ५५ लाख र नगरपालिकाको ५ करोड २४ लाखको लगानी रहेको छ । सरकारी लगानीबाहेक वाटर किङडम निर्माण, सञ्चालन र व्यवस्थापन गर्ने गरी शेयर लगानी खुला गरिएको मेयर वनले बताए । वाटर किङडमप्रति स्थानीयको अपनत्व बढाउन एक घर एक शेयरको अवधारणा ल्याइएको छ । पहिलो वडाबासी, दोस्रो नगरबासी र त्यसपछि मात्र बाहिरी व्यक्तिका लागि प्राथमिकताका आधारमा शेयर खुल्ला गरिनेछ । वाटर किङडम निर्माणका लागि झुवानी माविसँग २५ वर्षसम्म जग्गा भाडामा लिइएको छ । प्रतिकठ्ठा प्रतिवर्ष ६ हजार भाडा निर्धारण गरी नगरपालिका र विद्यालयबीच सम्झौता गरिएको उनले बताए । यो चितवनमै अत्यधुनिक र सुविधासम्पन्न वाटर किङडम हुने नगरपालिकाको दाबी छ । वाटर किङडममा तीन वटा कृत्रिम पोखरी, स्वीमिङ पुल, ६० देखि ६५ मिटरको ६ वटा चिप्लेटी, पानी डान्स (हलभित्र कृत्रिम हिउँ पार्ने), गर्मी छल्न हलभित्र कृत्रिम हिउँ, रोटे पिङलगायत पूर्वाधार निर्माण हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । वाटर किङडमलाई सौराहाको प्याकेज कार्यक्रममा समावेश गरी यहाँ आउने अधिकांश पर्यटकलाई यसको अवलोकन गराउने योजना नगरपालिकाको छ । वडा–५ का वडाध्यक्ष कृष्ण महतोले वाटर किङडम आफ्नै भएको आत्मविश्वास बढाउन एक घर एक शेयरको अवधारणा अघि सारिएको बताए । ‘पैसा हुनेले सजिलै शेयर हाल्नुहुन्छ,’ उनले भने, ‘नहुनेलाई हामी काम दिन्छौं र त्यहीबाट आएको पैसा शेयर हाल्न लगाउँछौं ।’ पर्यटक आकर्षण केन्द्रको रूपमा लिइएको वाटर किङडम बन्ने भएपछि ६० वर्षपछि झुवानीमा खुसी फर्किएको छ’, स्थानीय रामचन्द्र चौधरीले भने, ‘झुवानी ६० वर्ष पहिले जिल्लाको सदरमुकाम थियो । अब वाटर किङडमले झुवानीलाई चिनाउनेछ ।’ कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, वडा–६ का वडाध्यक्ष बलराम दाहाल, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई, झुवानी माविका पूर्वअध्यक्ष जोगेन्द्र महतोलगायत सहभागी थिए ।

'मनको ६ हजार दिन्छु भन्दा नि आलुको बीउ पाइएन !'

इलाम – इलाममा यस वर्ष रोप्नको लागि आलुको बीउ किन्न नपाउँदा किसान चिन्तित बनेका छन् । बर्खे आलु रोप्ने मुख्य सिजनमा नै बीउ नपाउँदा किसानहरु चिन्तित बनेका हुन् । हिउँ पर्ने क्षेत्रमा समेत आलु फल्ने भएकाले जिल्लाका अधिकांश किसान आलुखेती गर्छन् । यो समय बर्खे आलु रोप्नको लागि धमाधम माटो तयार गरिने समय हो । माथिल्लो ...