साउन १५ को अवसरमा नेकपा एमालेको केपी ओली समूहले पार्टी कार्यालयमा खीर खाने कार्यक्रम गर्यो । शुक्रबार दिउँसो पार्टी कार्यालय थापाथलीमा गरिएको कार्यक्रममा वरिष्ठ नेता माधव नेपाल समूहका कुनै पनि नेता कार्यकर्ता देखिएनन् । झन्डै आधा घण्टा चलेको खीर खाने कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, पूर्व मन्त्री लालबाबु पण्डित, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल लगायतका नेताहरु पुगेका थिए । खीर खाँदै केही नेताहरुले माधव नेपाललाई सम्झिएका थिए । एमालेको खीर खाने कार्यक्र