नीताको ‘ह्रस्व दीर्घ’मा भित्रिए तमिल अभिनेता अली

अभिनेत्री नीता ढुङ्गानाको फिल्म ‘ह्रस्व दीर्घ’ मा अभिनेता मोहम्मद अलीको पनि अभिनय रहने भएको छ । तेलेगु फिल्मका चर्चित अभिनेता अली फिल्मका लागि अनुबन्धित भएको निर्माण युनिटले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।अली तामिल र तेलुगु भाषामा निर्माण हुने फिल्मका  चर्चित कलाकार हुन् । फिल्ममा केही अगाडि भारतीय अभिनेता प्रदीपराज रावत र ‘पुष्पा’ का भिलेन सुनिल बर्मा पनि अनुबन्धित भएका थिए ।नीताले आफ्नै फिल्म प्रोडक्सन नीता फिल्मस्को तर्फबाट यो फिल्म बनाउन लागेकी हुन् ।