विश्वराजको विपक्षमा बहस गर्दै भीमार्जुनले भने– कार्यसम्पादन मूल्यांकन हेर्नु पर्दैन

कानुन व्यवसायी भीमार्जुन आचार्यले प्रहरी महानिरीक्षक नियुक्तिमा कार्यसम्पादन मूल्यांकन हेर्न नपर्ने प्रस्ट पारेका छन् । प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहको नियुक्ति खारेजीको माग गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा प्रतिवादीका तर्फबाट बहस गर्दै आचार्यले यस्तो बताएका हुन् ।‘विश्वराज पोखरेलले मेरो कार्यसम्पादन मूल्यांकन धेरै छ भन्नु भएको छ, तर त्यो चाहिँदैन,’ आचार्यले भने, ‘पोखरेलमा म ज्येष्ठ भएकाले मै हुनुपर्छ भन्ने जबरज