दक्षिण अफ्रिकामा अमेरिकी सहयोग कटौतीको असर : एचआईभी रोकथाम कार्यक्रम प्रभावित

अमेरिकाले गरेको आर्थिक सहयोग कटौतीका कारण दक्षिण अफ्रिकामा एचआईभी रोकथामसम्बन्धी कार्यक्रमहरू गम्भीर रूपमा प्रभावित भएका छन्। यस्तो प्रभाव ठीक त्यही समयमा परेको छ, जब नयाँ प्रभावकारी रोकथाम औषधि लेनाकापाभिरको प्रयोग विस्तार गर्न ती कार्यक्रमहरू अत्यन्त आवश्यक थिए। मंगलबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । दक्षिण अफ्रिका विश्वमै सबैभन्दा धेरै एचआईभी संक्रमित जनसंख्या […]