तुलसीपुर उपमहानगरमा एमालेको अग्रता, कसले कति मत पाए

तुलसीपुर, १८ जेठ । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा टिकाराम खड्का र स्यानी चौधरीले अग्रता लिइरहेका छन् । खड्का र चौधरी दुवै नेकपा एमालेका हुन् । प्रमुखमा खड्काले १५ हजार ४०५ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ४०५ मत ल्याएका छन् । त्यस्तै, राप्रपाका जगधनी चौधरीले ६४१ मत […]

सम्बन्धित सामग्री

तुल्सीपुर उपमहानगरमा एमालेको अग्रता, कसले कति मत ल्याए ?

दाङको तुल्सीपुर उपमहानगरपालिकामा अहिलेसम्म ४९०३३ मतगणना गरिएको छ । पछिल्लो मत परिणामअनुसार सो उपमहानगरमा एमालेबाट मेयरका उम्मेदवार टिकाराम खडकाले २०८९४ मत ल्याएर अग्रता कायम गरिरहेका छन् भने काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८९४० मत ल्याएर दोश्रो स्थानमा रहेका छन् ।एमालेका उम्मेदवार खड्काले १९५४ मतान्तरसहित अग्रता लिइरहेका छन् । त्यस्तै एमालेबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २०३११ मत ल्याएर अग्रता लिइरहेकी छन् भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले १४०२३ मत ल्याएका छन् ।

राति ११ बजे अपडेटः २६५ स्थानीय तहमा जितको छिनोफानो, कसले कति जिते

दोस्रो चरणको स्थानीय तहमा निर्वाचन भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये सोमबार राति ११ बजेसम्म २ सय ६६ स्थानीय तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको नतिजा अनुसार नेकपा एमालेको अग्रता कायमै छ। अहिलेसम्म ३५ मध्ये २० जिल्लाका सबै स्थानीय तहको मतणना सकिइसकेको छ। बाँकी १५ जिल्लामा पनि करिब ७० प्रतिशत मतगणना…