हङकङले बाहिरबाट आउने यात्रुले क्वारेन्टिनमा बस्नुपर्ने समय सातबाट तीन दिनमा घटायो

हङकङले विदेशबाट आउने मानिसलाई अनिवार्य सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम केही खुकुलो गरेर अवधि घटाएको छ । हङकङले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्वकै कडामध्ये एक कदम उठाउँदै आएको थियो । यसले व्यवसाय र स्थानीय बासिन्दालाई कठिन बनाएको गुनासोबीच प्रशासनले होटल क्वारेन्टिन बस्नुपर्ने अवधि सातबाट तीन दिनमा झारेको छ । नयाँ व्यवस्था अनुसार विदेशबाट हङकङ पुग्ने यात्रीले तीन दिन होटलमा बिताएपछि ‘चार दिन घरमा चिकित्सकीय निगरानीमा बस्नुपर्नेछ ।’ निगरानी अवधिमा