डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका—४ का पेमा साङमो लामाको दुई सिट (१४वटा) खच्चड र चौरी छन् । उनले खच्चड र चौरीको सहाराबाट दैनिक सदरमुकाम दुनैबाट आवश्यक खाद्यान्नलगायतका सामग्री बोकेर शे–फोक्सुण्डोलगायतका अन्य पालिकामा समेत ढुवानी गर्दै आएका छन् ।उकालो बाटोका साथै अधिकांश ठाउँमा काठबाट निर्माण गरिएका पुलबाट खोलाहरू पार गर्दै उपल्लो डोल्पामा दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपरेको लामाको […]