तुलसीपुर उपमहानगरपालिकाद्वारा 'स्मार्ट छोरी' कार्यक्रम सञ्चालन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाले बालिकाको माध्यमिक शिक्षा सुनिश्चित गर्न तथा २० वर्ष नपुग्दै हुने विवाह रोक्न 'स्मार्ट छोरी' कार्यक्रम सञ्चालन गरेको छ ।  उपमहानगरपालिकाले ‘स्मार्ट छोरी बिहेबारी बीस वर्ष पारि’ भन्ने नाराका साथ कार्यक्रम अघि बढाएको हो ।  कार्यक्रमअनुसार तुलसीपुर उपमहानगरपालिकाले नगरभित्रका सबै बालिकाको नाममा जन्मेदेखि बीस वर्ष नपुग्दासम्म प्रत्येक महिना एक सय रुपैयाँका दरले रकम जम्मा गरिदिन थालेको छ । २०७७ साउन १ गतेयता जन्मिएका सबै बालिका यो कार्यक्रममा ...