काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढ्नुपर्ने बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयको ७४ औँ सभालाई सम्बोधन गर्दै उनले विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसात गर्दै र सार्थक उपयोग गर्दै अगाडि बढ्नुपर्ने बताएका हुन् । ‘शिक्षा क्षेत्रलाई कोरोनाले महत्वपूर्ण पाठ सिकाएको छ’ मन्त्री पौडेलले भने, […]