अत्यधिक सत्तालिप्साले निम्त्याएको संकट

नेपाली कांग्रेसले आफूलाई सधैँ सत्ताको स्वाभाविक हकदार ठानेर नै अहिलेसम्म राजनीति गर्दै आएको छ । अहिले पनि उसको मानसपटलमा यही प्रवृत्ति कायम छ । सम्भव भएसम्म सरकारको नेतृत्व आफू मात्रै गर्न पाउने लोभका कारण नेपाली काँग्रेस आज प्रतिपक्षमा बस्न बाध्य भएको छ ।नेपाली कांग्रेसको हठ एवम् अहंकारका कारण देशमा गैरकांग्रेसी सरकार अस्तित्वमा आएको छ । चुनावताका अस्तित्वमा रहेको गठबन्धनलाई उसले चाहेको भए जोगाउन सक्थ्यो । तर अब नेपाली काँग्रेसले केही समय प्रतिपक्षमा बस्नुको विकल्प छैन ।राजनीति सम्भावनाको खेल ह