'सालको पात' ले देखाएको वैदेशिक रोजगारीको पीडा

काठमाण्डाै – हास्यव्यङ्ग्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेलले यो वर्ष आफ्नो जन्मदिन पारेर नयाँ गीत 'सालको पात' सार्वजनिक गरेका छन् । राज राजेन्द्रले जन्मदिन (मङ्गलवार) मा केही शुभ काम गर्ने उद्देश्यले याे गीत सार्वजनिक गरेकाे बताएका छन् । हास्यव्यङ्ग्य कलाकारका रूपमा स्थापित राजा राजेन्द्रको मुख्य रूचि भने करिअरको शुरुवातदेखि नै सङ्गीत र गायन थियो । ललितकला क्याम्पसबाट सङ्गीतमा आईएफए तह उत्तीर्ण गरेका उनी गीत लेखन तथा सङ्गीत गर्ने काममा पनि उत्तिकै सक्रिय छन् । अरूका लागि हास्य कलाकार भए पनि उनी आफूलाई सधैँ गाय...