१५ ओटा विकास बैंकले प्रकाशित गरे तेस्रो वित्तीय विवरण, क - कसले कति कमाए नाफा ?

वैशाख १८, काठमाडौं । १५ ओटा विकास बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  उक्त वित्तीय विवरण अनुसार उक्त अवधिसम्ममा ती बैंकहरुमध्ये सवैभन्दा बढी नारायणी डेभलपमेण्ट बैंक नोक्सानमा रहेको छ भने बाँकी १४ ओटा बैंकहरु नाफामा छन् ।  सार्वजनिक वित्तीय विवरण अनुसार १४ ओटा बैकले कुल रू. ४ अर्ब ७८ करोड ८८ हजार  नाफा आर्जन गरेका हुन  । गत आवको तेस्रो त्रैमासमा १४ ओटा बैंकहरुले रू. २ अर्ब ५७ करोड ५४ लाख नाफा आर्जन गरेका थिए । नारायणी डेभलपमेण्ट बैंकले चालू आवको तेस्रो त्रैमाससम्मा रू. ५२ लाख ५४ हजार नोक्सानी व्यहोरोको छ । गत आवको तेस्रो त्रैमासमा पनि कम्पनी रू. १० लाख ९९ हजार नोक्सानी थियो ।  सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले नाफा कमाएको छ।उक्त कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १ अर्ब ५६ लाख नाफा आर्जन गरेको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ६७ करोड ६० लाख नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफा ४८ दशमलव ७५ प्रतिशतले वृद्धि भएको हो ।   १५ ओटा कम्पनीहरुमध्ये सबैभन्दा बढी वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानीमा पनि मुक्तिनाथ विकास बैंकको रहेको छ । उक्त अवधिसम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ८२ करोड ८७ लाख रहेको छ भने प्रतिशेयर आम्दानी रू. २७ दशमलव ८७ पुगेको छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफालाई बिभिन्न शिर्षकमा छुट्याएपछिको नाफानै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछन् ।   वित्तीय विवरण प्रकाशित गरेका १५ ओटा बैंकमध्ये कर्पोरेट डेभलपमेण्ट बैंक र ग्रीन डेभलपमेण्ट बैंकले भने वितरणयोग्य नाफा उल्लेख गरेका छैनन् ।                                   स्रोत : बैंकद्वारा प्रकाशित तेस्रो वित्तीय विवरण 

सम्बन्धित सामग्री

बैंकहरुको नाफा - कसको कति ?

काठमाण्डाै - वाणिज्य बैंकहरुले चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।सार्वजनिक वित्तीय विवरणअनुसार गएको आर्थिक वर्ष २०७९/८० मा २० वटा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुले ५६ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका थिए । केही बैंक मर्जपछि सार्वजनिक भएको एकीकृत वित्तीय विवरणमा नाफा बढेको देखिएको छ ।नेपाल बङ्लादेश बैंकसँग मर्ज भएको नबिल बैंकको नाफा सबैभन्दा धेरै ७६ प्रतिशत बढेको छ । नबिल बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

तीन महिनामा ‘निफ्रा’को नाफा रु ३७ करोड ८६ लाख

काठमाडौँ,१४ कार्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३७ करोड ८६ लाख ७९ हजार नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको तीन महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार यो गत आवको सोही अवधिको तुलनामा ५६ दशमवल ४६ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा २४ करोड २० लाख […]

यी हुन् एक अर्बदेखि पाँच अर्ब कमाउने बैंक

लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले नाफा कमाएका छन् । विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन् । तर, गएको आर्थिक वर्षमा भने सबै बैंकहरूले उल्लेख्य नाफा कमाएका छन् । शनिबारसम्म २६ वटै वाणिज्य बैंकहरूले गएको आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ६० अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएका बैंकहरूले गएको आर्थिक वर्षमा २३ दशमलव २७ प्रतिशतले नाफा बढाएका छन् । सबैभन्दा बढी नाफा रा

यी हुन् एक अर्बदेखि पाँच अर्बसम्म नाफा कमाउने बैंक

काठमाडौँ – लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले नाफा कमाएका छन्। विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन्। तर, गएको आर्थिक वर्षमा भने सबै बैंकहरूले उल्लेख्य नाफा कमाएका छन्। शनिबारसम्म २६ वटै वाणिज्य बैंकहरूले गएको आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। अघिल्लो आर्थिक वर्षमा […]

निफ्राले कमायो १ अर्ब माथि नाफा, पूँजी बढ्दा घट्यो प्रतिसेयर नेटवर्थ

६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले एक अर्ब भन्दा माथि मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले एक अर्ब २ करोड  २६ लाख रुपैयाँ नाफा आर्जन गरेको  छ । जुन अघिल्ल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २२.५३ प्रतिशतले वृद्धि […]

घट्यो निफ्राको नाफा, कस्तो छ वित्तीय अवस्था?

एक मात्रै पूर्वाधार विकास बैंक (निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

सहकारी बैंकको नाफा बढ्दै

सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार नाफा कमाएको छ । बैंकको गत आवको सोही अवधिको नाफा २७ करोड ५० लाख ४३ हजार रहेको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४७ प्रतिशतले बढी हो ।बैंकले प्रकाशित गरेको वित्तीय विवरण […]