पर्सामा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २ स्थित छपकैयाका निवासी ६५ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले निमोनियाबाट पीडित वृद्धको श्वासप्रश्वासमा गम्भीर समस्या आउँदा मृत्यु भएको जनाए । स्वास्थ्यमा समस्या भएपछि वृद्धलाई वैशाख १६ गते परिवारजनले अस्पतालमा भर्ना गराएका थिए । अस्पताल भर्ना गर्दा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएको डा. दासले बताए । उनले अर्को दिन आरटी-पिसिआर प्रविधि म