विज्ञापन बोर्डको प्रस्तावमा अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन

सरकारले अनलाईन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ ।  बजेट प्रतिस्थापन विधयेक प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले लोक कल्याणकारी विज्ञापनको दायरा विस्तार गरी अनलाईन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था गरेको घोषणा गरेका हुन्।विज्ञापन बोर्डको प्रस्तावमा प्रतिस्थापन विधयेकमा यो ब्यबस्था समेटिएको बताईएको छ । यस अघि रेडियो, टेलिभिजन र छापाका संचार माध्यमहरुले मात्र  लोक कल्याणकारी विज्ञापन पाउने गरेका थिए ।ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले संसदमा बजेट प्रतिस्थापन विधेयक पेस गरेको हो । शुक्रबार बसेको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् । प्रमुख प्रतिपक्षी दल एमालेकै अवरोधकाबीच अर्थमन्त्री शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् । उनले ओली सरकारका अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमाथि हेरफेर गरेर प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।सरकारले फास्ट ट्र्याकबाट बजेट प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको छ। नियम निलम्बन गरेर  बजेट पारित गर्ने सरकारको तयारी छ। 

सम्बन्धित सामग्री