काठमाडौं (अस) । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको ब्रान्ड एम्बेस्डरमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ ।
मह जोडी कम्पनीको स्थापनाकालदेखि नै ब्रान्ड एम्बेस्डरको रूपमा आबद्ध छन् ।
सम्झौतापत्रमा सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल र मदनकृष्ण श्रेष्ठ एवं हरिवंश आचार्यले हस्ताक्षर गरे ।
सम्झौतापछि मह जोडीले सिटिजन लाइफका सेवाको प्रचार, ब्रान्ड प्रवर्द्धनमा निरन्तरता दिनेछन् ।
सिटिजन लाइफले हाल देशभर १४० भन्दा बढी शाखा र उपशाखामार्फत सेवा दिँदै आएको छ ।