विश्व हिन्दु महासंघ अन्तरराष्ट्रिय समितिमा विवाद

काठमाडौं : महासभा बैठकलाई लिएर विश्व हिन्दु महासंघ अन्तरराष्ट्रिय समितिमा विवाद देखिएको छ।महासंघले शनिबार महासभा बैठक गरेर दुई पक्षले नेतृत्व हत्याउन खोजेकामा सफल नभएपछि कार्यक्रम नै बिथोलिएको हो।महासभा बैठक बिथोलिएको भन्दै निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज महासभा बैठक स्थगित गरिएको जानकारी गराए।शनिबारको महासभा बैठकमा अध्यक्षका उम्मेदवारद्वय महासचिव अस्मिता भण्डारी र कार्यसमिति सदस्य किशोरकुमार गौतम पक्षबीच विवाद भएको सचिव केशव सापकोटाले जानकारी दिए।मह