सुर्खेतमा राष्ट्रिय जनमोर्चाको कोणसभा

वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चाको सुर्खेतको आयोजनामा प्रतिगमन विरुद्धको कोणसभा सम्पन्न भएको छ । आज २०७७ माघ ३० गते वीरेन्द्रनगर नगरपालिका–३ यरीचोकमा कोणसभा सम्पन्न भएको हो । राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका कोषाध्यक्ष धनप्रसाद देबकोटा, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव भानुभक्त भारती, नेकपा (मसाल) का प्रतिनिधि विष्णुप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव लालबहादुर नेपाली र अखिल (छैठौं) का केन्द्रीय सदस्य हरि बुढाले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो । कोणसभाको सञ्चालन अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य धर्मराज दानीले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासीसमेतका नेताहरूको उपस्थित रहेको थियो ।

सम्बन्धित सामग्री

सांसद शाहीको वतव्यले गण्डकीमा नयाँ सरकार बनाउने अभियानमा धक्का

काठमाडौं । राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाहीले कांग्रेस-माओवादी-जसपासहितको विपक्षी गठबन्धनमा आफ्नो सहभागिता र संलग्नता नरहेको प्रष्ट पारेका छन्। आज एक वक्तव्यमार्फत आफू तटस्थ रहेको जानकारी दिएका छन्। बहुमत संसदको दावी गरेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीसहित कांग्रेस-माओवादी-जसपाका नेताहरूलाई सांसद शाहीको वक्तव्यले गण्डकीमा नयाँ सरकार गठन गर्ने प्रयासमा धक्का लागेको छ।

Dekhapadhi

असंवैधानिक कदमका विरुद्ध रुकुम त्रिवेणीमा राष्ट्रिय जनमोर्चाको कोणसभा

गिरीप्रसाद बुढा/मुसीकोट ।। राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमको आयोजनामा रुकुम जिल्लाको त्रिवेणी गाउँपालिकामा सञ्चालित घरदैलो तथा जनभेटघाट कार्यक्रमअन्तर्गत झुलनेटा बजारमा कोणसभाको कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौँ, ओली सरकारको असंवैधानिक कदम, भ्रष्टाचार र सङ्घीयताको विरोध गरौँ मूल नाराको साथ २०७७ माघ २५ गते सम्पन्न उक्त कोणसभा कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज रत्नविक्रम राना प्यासी र राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमका अध्यक्ष गिरीप्रसाद बुढाले मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा प्रमुख वक्ता रत्नविक्रम राना प्यासीले वर्तमान ओली सरकारको असंवैधानिक कदमले देशको राजनीति द्वन्द्वको बाटोमा अगाडि बढ्न थालेको हुँदा सम्पूर्ण जनता बेलैमा सचेत हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो । मन्तव्यको क्रममा उहाँले सङ्घीयताको खारेजी तथा राष्ट्रियता, गणतन्त्र, र धर्म निरपेक्षताको रक्षाका लागि एकजुट हुन पनि आम जनसमुदायलाई आह्वान गर्नुभो । जनभेटघाट तथा पर्चा वितरणसँगै सम्पन्न उक्त कोणसभामा राष्ट्रिय जनमोर्चा रुकुम पश्चिमका सचिव खड्कसिं खड्का तथा उपाध्यक्ष तुलबहादुर खत्रीको समेत आतिथ्यता रहेको थियो ।

Yug Darshan

दाङको घोराही रामपुरमा राष्ट्रिय जनमोर्चाको कोणसभा

दाङ । राष्ट्रिय जनमोर्चा दाङले घोराही–२ रामपुरमा केपी शर्मा ओली सरकारको असंवैधानिक प्रतिनिधि सभा विघटनका विरुद्ध संसद पुनःस्थापनको माग गर्दै आज माघ १८ गते कोणसभा…

Yug Darshan

कैलाली गोदावरीमा राष्ट्रिय जनमोर्चाको कोणसभा

धनगढी । संसद विघटनको विरुद्धमा कैलाली जिल्लाव्यापी विरोध कार्यक्रमअन्तर्गत राष्ट्रिय जनमोर्चा कैलालीले २०७७ माघ १२ गते दिउँसो २ बजे गोदावरी नगरपालिका मालाखेतीको चौकिडाडामा कोणसभा सप्पन्न भयो । कोणसभालाई राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा सुदूर पश्चिम इन्चार्ज मनोज भट्टले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो । सो अवसरमा उहाँले केपी ओली सरकारले गरेको प्रतिनिधि सभा विघटन गर्ने कदमले गणतन्त्रमाथि आँच पुग्ने बताउनुभयो । गणतन्त्र संस्थागत नहुँदै गरिएको यस्तो कदमको विरुद्ध आवाज उठाउन उहाँले नेपाली जनतासित आग्रह गर्नुभयो । कार्यक्रममा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव प्रसान्त थापा र अखिल (छैठौं) का केन्द्रीय सदस्य हेमराज भट्टले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला सचिव जयबहादुर विकले गर्नुभएको थियो ।

Yug Darshan

कञ्चनपुर भिमदत्तनरमा राष्ट्रिय जनमोर्चाको कोणसभा

पुष्कर भट्ट/महेन्द्रनगर । ‘गणतन्त्र राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, ओली सरकारको असंवैधानिक कदम, सङ्घीयता र भ्रष्टाचारको विरोध गरौँ, प्रतिनिधि सभा पुनःस्थापना गर’ भन्ने नारासहित कञ्चनपुरमा राष्ट्रिय जनमोर्चाको कोणसभा सम्पन्न भएको छ । जिल्लाव्यापी एकमहिने अभियानअन्तर्गत आज माघ १० गते भिमदत्तनगर नगरपालिकाको वडा नं. ९ खल्लागोठमा कोणसभा सम्पन्न भएको हो । कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष मञ्जु परियार र राष्ट्रिय जनमोर्चाका जिल्ला सहसचिव लालबहादुर कुँवरले सम्बोधन गर्नुभएको थियो । कोणसभाको अध्यक्षता राष्ट्रिय जनमोर्चा भिमदत्त नगर समितिका सल्लाहकार कर्ण कार्कीले गर्नुभएको थियो । बाबाथानमा विरोध सभा यसअघि राजमो कञ्चनपुरले ‘विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित महाकाली नगरपालिका वडा नम्बर ७ बाबाथानमा कोणसभा सम्पन्न भएको थियो । कोणसभालाई राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्की र अखिल (छैठौं) का महासचिव महेशराज जोशीले सम्बोधन गर्नु भएको थियो । कोणसभामा राजमो जिल्ला उपाध्यक्ष मञ्जु परियार, राजमो जिल्ला सहसचिव लालबहादुर कुंवर, अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्ट लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Yug Darshan

राष्ट्रिय जनमोर्चा कपिलवस्तुद्वारा दुई ठाउँमा कोणसभा सम्पन्न

नवराज पौडेल/तौलिहवा । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले मघ ७ गते जिल्लाको दुई ठाउँमा कोणसभा सम्पन्न गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ र वडा नं. ४ मा कोणसभा सम्पन्न भएको राजमो कपिलवस्तुले जनाएको छ । शिवराज नगरपालिका वडा नं. ११ को थुनियागाउँमा भएको कोणसभालाई राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदैले सम्बोधन गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेको बताउनुभयो । प्रतिनिधि सभाको पुनःस्थापना एक मात्र विकल्प रहेको बताउँदै उहाँले सङ्घीय व्यवस्थाले गर्दा करवृद्धि, महङ्गी, विखण्डन निम्ताएको भन्दै खारेज गर्नुपर्ने बताउनुभयो । त्यस्तै, शिवराज नगरपालिका वडा नं. ४ को वसन्तपुर चोकमा भएको कोणसभालाई अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला सदस्य छन्दबहादुर केसीले सम्बोधन गर्दै प्रचण्ड, केपीको आन्तरिक लडाइले देश अधिनायकवादतर्फ जान लागेकाले राजावादीहरूले गुमेको सत्ता फिर्ता लिन जोडबल गरेको बताउनुभयो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेतनारायण खनालले गर्नुभएको थियो । सो अवसरमा दुवै ठाउँमा पर्चा वितरण, जनभेटघाट पनि गरिएको थियो ।

Yug Darshan

कपिलवस्तुमा राष्ट्रिय जनमोर्चाको कोणसभा सम्पन्न

तौलिहवा । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले आज माघ ६ गते जिल्लाको दुई ठाउँमा कोणसभा सम्पन्न गर्नुको साथै पर्चा वितरण गरेको छ । शिवराज नगरपालिका वडा नं. ७ को रुद्रपुर बजारमा भएको सभालाई सबोधन गर्दै राष्ट्रिय जनमोर्चा नेता तथा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदैले देशको तात्कालिक राजनैतिक अवस्थाको बारेमा प्रष्ट पार्नु भएको थियो । कपाभित्रको गुटगत लडाइँले देश दुर्घटनातर्फ अघि बढ्दै गएको बताउँदै उहाँले नेपाली जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा पार्टीभित्र को लडाइँले विघटन गर्नु देशको लागि दुर्दशा भएको धारणा व्यक्त गर्नुभयो । केपी ओली सरकारले चुनाव घोषणा गरे पनि अहिले चुनाव गर्ने देशको अवस्था र जनताको मनस्थिति नभएको बताउँदै प्रतिनिधि सभा पुनर्स्थापना मात्र राजनीतिक निकास भएको उहाँले बताउनु भयो । देशमा सङ्घीयताले ल्याएको दुष्परिणामले गर्दा सङ्घीयता गलत रहेछ भन्ने कुरा व्यवहारमै आम नेपाली जनताले बुझ्दै गएको उहाँले बताउनुभयो । सभालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य राम बहादुर विकले पनि सम्बोधन गर्नु भएको थियो । सभाको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेतनारायण खनालले गर्नुभएको थियो । त्यसैगरी शिवराज नगरपालिका वडा नं. ४ को बर्गदवा गाउँमा पनि पर्चा वितरण गर्नुको साथै कोणसभा सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामबहादुर विकको सञ्चालनमा भएको कोणसभालाई राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदैले सम्बोधन गर्नुभएको थियो ।

Yug Darshan

सुर्खेतमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण

वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा सुर्खेतको आयोजनामा एकमहिने सङ्घर्ष र साङ्गठनिक कार्यक्रमअन्तर्गत पुस २१ गते प्रशिक्षण सम्पन्न भएको छ । पूर्व सांसद हरि आचार्यको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य रत्नविक्रम राना प्यासी, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कृष्णा रावल, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका धनप्रसाद देवकोटाको पनि आतिथ्यता रहेको थितयो । गोविन्दप्रसाद सुवेदीको अध्यक्षतामा लालबहादुर नेपालीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा स्वागत कोषाध्यक्ष विष्णुप्रसाद शर्माले गर्नुभएको थियो । माघ २४ देखि २९ गतेसम्म चौकुने गाउँपालिका पञ्चपुरी बराहताल लेकबेशी गुरबाकोट नपामा, माघ ३० गते वीरेन्द्रनगरमा जनसभा गर्ने निर्णय भएको बताइएको छ । प्रशिक्षणपछि गोविन्दप्रसाद सुवेदीको संयोजकत्वमामा २७ सदस्यीय कार्यक्रम परिचालन समिति गठन गरिएको प्राप्त समाचारमा जनाइएको छ ।

Yug Darshan

राजमो सुर्खेतले सम्पन्न गर्यो विरोधसभा

वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा सुर्खेतले वीरेन्द्रचोकमा विरोधसभा सम्पन्न गरेको छ । प्रतिनिधि सभा पुनः स्थापना, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा पुस २० गते सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै जिल्लाध्यक्ष गोविन्दप्रसाद सुवेदीले ओली सरकारको प्रतिनिधि सभा विघटन गर्ने कदमले देश प्रतिगमनको दिशातर्फ जान सक्ने भएकाले त्यसको विरोध गर्नु गणतन्त्रप्रेमी जनताको कर्तव्य भएको बताउनुभयो । सो अवसरमा अखिल (छैठौं) का हरि बुढा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य धर्म दानी र अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव भानुभक्त भारती ले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राजमोका जिल्ला कोषाध्यक्ष विष्णुप्रसाद शर्माले तथागर्नुभएको थियो ।

Yug Darshan

राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशको कार्यशाला सम्पन्न

वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चाको कर्णाली प्रदेश समितिले प्रतिनिधि सभा विघटनका विरुद्ध कार्यक्रम तय गर्ने योजनाका साथ प्रदेशस्तरीय कार्यशाला सम्पन्न गरेको छ । राजमो अध्यक्ष चित्रबहादुर केसी, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राजमो महासचिव जनकराज शर्माको विशेष उपस्थितिमा २०७७ पुस १९ गते भर्चुअल प्रविधिबाट सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सुरुमै तात्कालिक राजनीतिक परिस्थति, आन्दोलन र सङ्गठन निर्माणसित विषयमा सम्बन्धित रहेर राजमो अध्यक्ष चित्रबहादुर केसी, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राजमो महासचिव जनकराज शर्माले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा राजमोका केन्द्रीय, प्रदेश र जिल्लास्तरका नेताहरूको सहभागिता रहेको थियो । कार्यशालाले आगामी माघ मसान्तसम्म प्रतिनिधि सभा विघटन विरुद्ध विरोधसभा, कोणसभा, सङ्गठन निर्माण तथा परिचालनलगायतका कार्यक्रम सम्पन्न गर्ने योजना बनाएको राजमो कर्णाली प्रदेश समितिका उपाध्यक्ष कमलविक्रम शाहीले बताउनुभयो । उहाँका अनुसार राजमो केन्द्रको आयोजना पुस २० गते देशव्यापी रूपमा आयोजित विरोधसभा कर्णाली प्रदेशका जिल्लाहरूमा पनि सम्पन्न हुने भएको छ । त्यस्तै, स्थानीयस्तरको कार्यक्रम निश्चित गर्नका लागि पुस २१ देखि २६ गतेसम्म जिल्लास्तरीय भेला आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा राजमो केन्द्रले निश्चित गरेका केन्द्रीय प्रतिनिधि, राष्ट्रिय परिषद सदस्य, सङ्गठनकर्ता र राजमो तथा जनवर्गीय सङ्गठनका अध्यक्ष र सचिवहरूको उपस्थिति रहने बताइएको छ ।

Yug Darshan