काठमाडौं : पछिल्लो २४ घण्टामा ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ १ हजार ६२० जनाको परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको हो। पछिल्लो केही दिनयता संक्रमितको संख्यामा केही वृद्धि भइरहेको भन्दै सतर्कता अपनाउन भनिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर २६१ जना सक्रिय कोरोना संक्रमित छन्।
काठमाडौं, २१ मंसिर । नेपालमा ओमिक्रन प्रजातिको कोरोना भाइरसबाट संक्रमित दुईजना निको भएका छन् । योसँगै नेपाल अहिले ओमिक्रन कोरोना भाइरसबाट मुक्त भएको छ । स्वास्थ्य मन्त्रालयले यसअघि संक्रमित दुवै निको भएको जानकारी दिएको छ । दुवैजना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । विदेशबाट नेपाल आएका दुईजनामा ओमिक्रन कोरोना भाइरसको संक्रमण भेटिएको थियो । मन्त्रालयले […]
एजेन्सी। फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेनका रक्षक आच्रफ हाकिमी कोभिड–१९ संक्रमित भएका छन्। मोरोक्कोका हाकिमी केही साताअघि मात्र इटालिन सिरी ‘ए’ क्लब इन्टर मिलानबाट पीएसजीसँग अनुबन्ध भएका हुन्। उनले पीएसजीबाट गत बुधबार लेमान्सविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए। तर कोभिड–१९ का कारण शनिबार सम्पन्न दोस्रो मैत्रीपूर्ण खेल खेलेनन्। उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन्।
बितेको २४ घण्टामा थप १ हजार ९ सय २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ६ हजार जनामा पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ जनामा एन्टिजेन परीक्षण गर्दा ५ सय ६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही अवधिमा संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । २४ घण्टामा थप ३००७ जना निको भएका छन् । यससँगै नेपालमा हालसम्म ६ लाख ६५ हजार ७ सय ७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका