सरकारले तोक्यो पानीको मूल्य, एक जारको ४७ रुपैयाँ

काठमाडौं : सरकारले बोतल र जारको पानीको मूल्य तोकिदिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको मूल्य ४७ र एक लिटर बोतलको पानीको मूल्य १६ रुपैयाँ तोकिदिएको हो। यद्यपि विभागले नै जारको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ तोकेको थियो। अहिले ३ रुपैयाँ घटाएर मूल्य निर्धारण गरेको हो। विभाग आफैले गरेको एक अध्ययन अनुसार उद्योगले एक जार पानी औसत २५ रुपैयाँ पर्छ। फेरि सरकार आफैले मूल्य निर्धारण गर्दा प्रति जार ४७ रुपैयाँ उपभोक्ता मूल्य तोकिदिएको हो। यस अघि २०७७ सालमा सर्वसाधारण