भारतमा कोरोना संक्रमण दर घट्ने क्रममा

जेठ १४, नयाँदिल्ली( भारत) कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण संकटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएको छ । बिहीवार भारतमा कोरोना संक्रमणको यो संख्या ४४ दिनयताको सबभन्दा कम हो । कोरोना शुरु भएयता देशभर हालसम्म कुल संक्रमित २ करोड ७५ लाखभन्दा बढी भएको छ । भारतमा हाल कोभिड–१९ का २३ लाख ४३ हजार १५२ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा २ लाख ५९ हजार ४५९ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रवार बताएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।            तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ६६० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख १८ हजार ८९५ जनाको ज्यान गएको छ ।            साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार ३३ करोड ९० लाख ३९ हजारभन्दा बढी नमूना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा कुल २० करोड ५७ लाख डोज खोप लगाइएको छ । रासस/ एएनआई

सम्बन्धित सामग्री

भारतमा कोरोना संक्रमण दर घट्ने क्रम जारी

काठमाडौँ । भारतमा गत २४ घण्टामा थप १५ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । सोही अवधिमा २७ हजार ३ सय ९९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा थप २ सय ६ जनाको मृत्यु भएकाेछ । हाल भारतमा २ लाख १२ हजार संक्रिय […]