काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षले आउँदाे रणनीतिबारे छलफल सुरु गरेको छ । हिजाे सोमवार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका सङ्घीय सांसद र प्रदेश सभाका काठमाण्डौमा उपलब्ध सांसदहरूले आजदेखि छलफल सुरु गरेका हुन् ।
निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, &lsqu...