फोहोर हट्यो अन्योल हटेन

लामो समयको अवरोधपछि बिहीबारदेखि उपत्यकाको फोहोर उठ्न थालेको छ । नुवाकोट, काठमाडौं र धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिका, धुनिबेसी र तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिबीच बुधबार तीनबुँदे सहमति भएपछि फोहोर उठ्न थालेको हो । फोहोर उठ्ने–नउठ्ने सन्दर्भले उपत्यकावासीलाई लामो समयदेखि अन्योलमा पारेकाले फोहोर उठ्नथालेको खबरले पनि तत्काल ठूलो प्रसन्नता चाहिं दिनसकेको छैन । पुनः कुन दिनबाट […]