भरतपुरमा कांग्रेसका बागी पौडेलसँगै प्रस्तावक र समर्थक कांग्रेसबाट निकालिए

भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि कांग्रेसबाट स्वतः निष्कासित भएका छन् ।कांग्रेस विधानको दफा ४ को १३ को ग अनुसार पौडेलसहित उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेल कांग्रेसबाट निष्कासित भएका हुन् । पौडेलले आज पाँच बजे तोकिएको निर्धारित समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका हुन् । उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर नै पुगेर प्रयास थालेका थिए । सत्ता गठबन्धनको निर्णयअनुसार भरतपुरको मेयरमा निवर्तमान मेयर रेणु दाहाललाई टिकट दिने सहमति भएको थियो । हसिया हथौडामा भोट नहाल्ने भन्दै पौडेलले बागी उम्मेदवारी दिएका हुन् । कांग्रेसले आजै एक विज्ञप्ति जारी गर्दै निर्धारित समयभित्र उम्मेदवारी नलिने उम्मेदवारलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिने चेतावनी दिएको थियो ।  

सम्बन्धित सामग्री

कांग्रेसका बागी उम्मेदवार र समर्थक पार्टीबाट ५ वर्षका लागि निष्कासित

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका पार्टी सदस्यलाई पार्टीले निष्कासन गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि पार्टीविरुद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकाहरूलाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गर्न सोमबार केन्द्रीय अनुशासन समितिले निर्देशन दिएको हो ।

पाँच वर्षका लागि निकालिए कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थक

नेपाली कांग्रेसले बागी उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक बसेकाहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित

नेपाली कांग्रेसले बागी उम्मेदवार र उम्मेदवारको प्रस्तावक र समर्थक बसेकाहरुलाई पार्टीको साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । कांग्रेसले सत्ता गठबन्धनको निर्णयविपरीत उम्मेदवार बनेकाहरुलाई एकमुष्ट कारवाही गरेको हो ।

कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्कासित

काठमाडौं  ।  नेपाली कांग्रेसका बागी उम्मेदवार तथा ती उम्मेदवारका प्रस्तावक र समर्थक पाँच वर्षका लागि निष्काशित भएका छन् । पार्टीवाट स्वतः निष्काशित हुनेको विवरण संकलन भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको छ । कांग्रेस विधानमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरूद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक […]

कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित

काठमाडौं - नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी दिएका तथा उनीहरुका प्रस्तावक तथा समर्थकहरु पार्टीबाट स्वतः निष्कासन भएको जनाएको छ।  बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले बागी र प्रस्तावक तथा समर्थकहरुको पार्टी सदस्यता पार्टीको विधानबमोजिम समाप्त भई स्वतः नि...

कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित

काठमाडौं - नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी दिएका तथा उनीहरुका प्रस्तावक तथा समर्थकहरु पार्टीबाट स्वतः निष्कासन भएको जनाएको छ।  बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले बागी र प्रस्तावक तथा समर्थकहरुको पार्टी सदस्यता पार्टीको विधानबमोजिम समाप्त भई स्वतः नि...

कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी दिएका तथा उनीहरुका प्रस्ताव तथा समर्थकहरु पार्टीबाट स्वतः निष्कासन भएको जनाएको छ। बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले बागी र प्रस्तावक तथा समर्थकहरुको पार्टी सदस्यता पार्टीको विधानबमोजिम समाप्त भई स्वतः निष्कासन भएको जनाएको हो । त्यस्ता विद्रोही उम्मेदवार, उनीहरुका प्रस्तावक र समर्थकहरुको […] The post कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेसका बागी पार्टीबाट स्वत: निष्कासित

बागी उम्मेदवार बनेका नेता–कार्यकर्तालाई कांग्रेसले साधारण सदस्यबाट पनि निष्काशित गरेको छ । त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरू पनि स्वतः पार्टीबाट निष्कासित हुने कांग्रेसले जनाएको छ । ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी...

रुपन्देही कांग्रेसका बागी उम्मेदवारसहित १८ जनालाई कारवाही

२१ कात्तिक, बुटवल । नेपाली कांग्रेस रुपन्देहीले १८ जनालाई पार्टी सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्ना आधिकारीक उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएका र उनीहरुका समर्थक र प्रस्तावक गरी १८ जनालाई पार्टीबाट निस्कासित गरेको हो । कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकका अनुसार कारवाहीमा पर्नेहरुमा रुपन्देही निर्वाचन …