काठमाडौं : सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अब सरकारको ध्यान मुलुकको अर्थतन्त्र सुधार्न र जनतालाई राहत दिनमा केन्द्रित हुनुपर्ने बताएका छन्।काठमाडौंमा शुुक्रबार आयोजित रिपोर्टर्स क्लब नेपालको रजत महोत्सव समारोहमा उनले सरकारले पूर्णता पाएको भन्दै अब सरकार काम गर्नतर्फ लाग्नुपर्ने बताएका हुन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले मिटरब्याज पीडित जनताका समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिए।राज्यले पीडितहरुलाई प