दाङ : दाङमा प्रहरीले करिब ३ लाख नगदसहित ८ जना जुवाडे पक्राउ गरेको छ।शान्तिनगर गाउँपालिका-५ स्थित निराजन मल्लको घरमा जुवा खेलिरहेका उनीहरूलाई २ लाख ८२ हजार ३ सय नगदसहित बुधबार राति ८ पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-७ का ४० वर्षीय प्रमोदकुमार खड्का, सोही ठाउँका ३२ वर्षीय निराजन मल्ल, ४५ वर्षीय उत्तम डाँगी, ३२ वर्षीय रमेश रावत, बबई गाउँपालिका-४ का ४० वर्षीय बलीराम खत्री, तुलसीपुर उपमहानगरपालिक