आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित हुन पुगेको छ । प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न १० फागुनका लागि बोलाइएको बैठक मन्त्री साह अनुपस्थित हुने भएपछि २२ गतेसम्मका लागि स्थगित हुन पुगेको हो ।‘आफैँ प्रस्तावक भएकाले संकल्प प्रस्तावका बारेमा भएका छलफल सुन्नुपर्ने र जवाफ दिनुपर्ने हुन्छ । तर, म पूर्वनिर्धारित कार्यक्रम अनुसार पारिवारिक भ्रमणका लागि भारतको राँची आएको छु,’ साहले भ