३३ प्रतिशत नयाँ अनुहार ल्याउन एमालेमा युवा नेताबीच बहस

एमालेको दसौँ महाधिवेशनको पूर्वसन्ध्यामा युवा नेताहरूले नयाँ बहस थालेका छन् । पार्टीमा केन्द्रीय समितिदेखि वडासम्म जिम्मेवारी हस्तान्तरणको कुनै मापदण्ड नभएको अवस्थामा युवाहरूले पार्टीलाई चलायमान बनाउन जिम्मेवारी हस्तान्तरणको मापदण्ड बनाउन भन्दै बहस थालेका हुन् ।सबै प्रदेशका युवा नेताहरू मिलेर जिम्मेवारी हस्तान्तरणको मापदण्ड बनाउन पार्टी नेतृत्वदेखि पदाधिकारीसम्म ध्यानाकर्षण गराइरहेका छन् । दसौँ महाधिवेशनमा नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्न अभियान चलाइएको अभियानका एक सदस्य एमाले युवा नेता हीरा