बाह्य क्षेत्रमा परेको दबाबले पूँजीबजारमा पनि नकारात्मक असर गरेको छ - अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पूँजीबजार अर्थतन्त्रको ऐना भएको टिप्पणी गरेका छन् ।महासंघले शुक्रवार आयोजना गरेको परिपक्क पूँजीबजार सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष गोल्छाले अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको प्रभावले पूँजीबजारसमेत प्रभावित भएको बताएका हुन् । उनले ५१ लाख भन्दा बढी डिम्याट खाता रहेको भन्दै यसले पूँजीबजारमा मानिसको आकर्षण बढिरहेको बताए । 'ब्याजदर महँगो भएका कारण पूँजीबजारमा समेत नकारात्मक असर परेको छ,' अध्यक्ष गोल्छाले भने, 'सेयर बजारमा विदेशी लगानी भित्र्याउन छिटै अध्ययन हुनुपर्छ ।'अनलाइन कारोबारलाई थप व्यवस्थित गर्नुपर्ने र ब्रोकर कम्पनी थपे समस्या समाधानका लागि केही पहल हुनसक्ने बताए । गोल्छाले पूँजी बजार व्यवस्थापनका लागि नेपाल उद्योग वाणिज्य महासंघले दस्तावेज ल्याउन लागेको समेत खुलासा गरे ।