काठमाण्डाै - चिनियाँ मामिला जानकार रुपक सापकोटाले अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भूमिका देखिनु नेपालका लागि नयाँ आयाम भएको बताउनुभएको छ ।
विश्वका विकसित देशहरुले नेपालको संसद्सँग साझेदारी र सहकार्यको नयाँ आयाम थप्नुले नेपालको संसद्ले नयाँ उचाइ छोएको बताउनुभएको हो । उहाँले अहिलेसम्म सरकारदेखि सरकारसम्मको सम्बन्धले चीन र नेपालको सम्बन्धमा स्थान पाएको उल्लेख गर्दै चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणबाट चीन पनि नेपालको संसद्सँग सहकार्य गर्न इच्छुक रहेको भन्ने कुरा प्रमाणित भएको बताउनुभयो ।
उह...