काठमाडौं । मेगा बैंक लिमिटेडले एसबी सलुसनसँगको सहकार्यमा क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीको शुरुवात गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याङ्कन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । मेगा बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सलुसनका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् । क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली)को थालनीसँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्य प्रवाह गर्न सक