इजरायलमा १२ वर्ष शासन चलाएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हटाएर नफ्ताली बेनेटको नेतृत्वमा सरकार गठन भएको छ ।
तर विपक्षमा जान लागेका लिकुड पार्टीका सांसदहरूले सदनमा हंगामा गरेर बेनेटलाई पहिलो सम्बोधन राम्रोसँग गर्न दिएनन् ।
नेसेट भनिने संसदमा शपथ ग्रहण गरेपछि बेनेटले आफ्नो सरकार तर्कपूर्ण र जिम्मेवार हुने बताए । सरकारले इजरायली जनतामा रहेको घृणाको भावना हटाउन काम गर्ने उनको भनाइ छ ।
लिकुड, रिलिजियस जायोनिजम र उग्रपरम्परावादी दलका सांसदहहरूले होहल्ला गरेपछि बेनेटलाई भाषण पू...