सरकारले ५ देखि १२ वर्ष वर्षमूनिका बालबालिकाका लागि सुरु गरेको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानमा उत्साहजनक सहभागिता देखिएको छ । अभिभावकहरुले लामो प्रतिपक्षापछि खोप पाउँदा खुसी लागेको भन्दै अब बालबालिका कोरोनाबाट सुरक्षित हुने आशा जागेको प्रतिक्रिया दिएका छन् । बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने भएपछि राजधानीको बानेश्वरस्थित श्री रत्नराज्य माध्यमिक विद्यालय पुगेका अभिभावक नारायण लामिछानेले ढिलै भएपनि बच्चाहरुले खोप पाएकोमा खुशी व्यक्त गरे । उनले खोप लगाउँदा बालबालिका डर