कालिकोटको रास्कोट नगरपालिकाले मंसिर १८ गते नगरप्रहरी भर्ती गर्नेबारे सूचना निकाल्यो । ‘नगर प्रहरी व्यवस्थापन तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७९’ निर्माण गरी नगरपालिकाले नयाँ भर्तीका लागि सूचना निकालेको हो । उक्त सूचना अनुसार १५ दिन भित्र खुला ८, महिला ३, दलित २ र सहिद तथा वेपत्ता परिवारबाट २ जना गरी १५ जनाको भर्ना गर्ने भनिएको थियो । तर नगरप्रहरी भर्ती हुनुभन्दा पहिला नै नगरपालिकाको उक्त निर्णय विरुद्ध उच्च अदालत सुर्खेतका मुद्दा परेको छ । अधिवक्ता राजबहादुर बोगटीले सोमबार