नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहले संविधान अनुसार उपनिर्वाचन गराउन नसक्नु सरकार र पाँच दलीय गठबन्धनको असक्षमता रहेको बताएका छन् । मधेस प्रदेशको धनुषा जिल्लामा पुगेका नेता साहले विभिन्न पालिकामा पार्टी नेताकार्यकर्तासंग भेटघाट गर्दै यस्तो बताएका हुन् । संविधान अनुसार प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त रहेको ठाउँमा ६ महिनाभित्र उपनिर्वाचन गराउनुपर्ने हो । तर, सरकार र निर्वाचन आयोगमा रहेकाहरु संविधान अनुसार उपनिर्वाचन गराउन नसक्ने असक्षमहरुको जमात भएको टिप्