‘पानीफोटो’को डाइनामिक मोसन पोस्टर रिलिज

काठमाडौं । चलचित्र ‘पानीफोटो’को फर्स्टलुक सार्वजनिक भएको छ । बेपत्ता छोराको पर्खाइमा बसेका बाबुआमाको कथा भन्ने चलचित्र पानीफोटोको फर्स्टलुक सार्वजनिको गरिएको हो ।  कलाकार/लेखक खगेन्द्र लामिछानेको यो पहिलो चलचित्र निर्देशन हो । चलचित्र ‘पानीफोटो’का निर्माता रोजिना सिटौला र रवीन्द्र बज्राचार्य हुन् । चलचित्रमा, अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश...