मुगु – हिमाली जिल्ला मुगुमा वर्षा नहुँदा खडेरीले अन्नबाली सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन्। असार महिना सुरु भइसक्दा पनि मुगुमा हालसम्म वर्षा नहुँदा किसानले खेतबारीमा लगाएको धान, चैते कोदो, कागुनो घामले सुक्न थालेको छ। मुगुमा लगाएका रैथाने बाली मात्र नभएर बारीमा लगाएको खुर्सानी, टमाटर, प्याज, लसुन, फर्सी, कोक्रालगायतका बालीमा घामबाट जोगाउन मुस्किल हुन […]