बाँकेमा बाघको आक्रमणबाट एकको मृत्यु

बाँकेको राप्ती सोनारी गाउँपालिका-६ हब्रहवा बस्ने ३३ वर्षीया चाँदनी थारुको बाघको आक्रमणमा परी मृत्यु भएको छ । उनलाई शनिबार बिहान बाघले आक्रमण गरेको थियो । सोही ठाउँस्थित सदाबहार सामुदायिक वनमा अन्य महिलाहरूसँग मिलेर सालको पात टिप्न गएकोमा चाँदनीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनको शव ईलाका प्रहरी कार्यालय भगवानपुर र अस्थायी प्रहरी पोष्ट फत्तेपुर 'ख' बाट खटिएको संयुक्त प्रहरीले जंगलमा फेला परेको थियो  ।

सम्बन्धित सामग्री

बाघको आक्रमणबाट एकको मृत्यु

पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव भेटिएको हो । उनलाई आज दिउँसो २ बजे बाघले आक्रमण गरेको थियो ।बाघको आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर उनको खोजी गरिएको थियो । हात्तीसहितको टोलीद्वारा बोटेको खोजीपछि साँझ वन क्षेत्रमा उनको शव फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।