गत आर्थिक वर्षको बजेटमा उल्लिखित आर्थिक क्षेत्रका विषयमध्ये धेरैजसो कार्यान्वयन नै नभएको पाइएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले गरेको आर्थिक वर्ष ०७९/८० को बजेट वाचअनुसार बजेटमा उल्लिखित आर्थिक क्षेत्रका ६२ बुँदामध्ये १८ प्रतिशत अर्थात् ११ बुँदा मात्रै पूर्ण कार्यान्वयन भएको पाइएको हो । २९ बुँदा अर्थात् ४७ प्रतिशत आंशिक कार्यान्वयन भएको र २२ बुँदा अर्थात् ३५ प्रतिशतको कार्यान्वयन शून्य भएको परिसंघको बजेट वाच प्रतिवेदनमा उल्लेख छ ।