कञ्चनपुरका स्थानीय तहमा ३१ करोडभन्दा बढी बेरुजु

कञ्चनपुर : कञ्चनपुरका नौ स्थानीय तहमा आब २०७७।७८ मा रु. ३१ करोड १५ लाख १४ हजार बेरुजु रकम देखिएको छ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदन अनुसार नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु भीमदत्त नगरपालिकामा आएको छ भने सबैभन्दा कम बेरुजु बेलडाँडी गाउँपालिकामा आएको छ। प्रतिवेदन अनुसार भीमदत्त नगरपालिकामा रु. १० करोड २४ लाख १० हजार(३.४ प्रतिशत) बेरुजु आएको छ।बेलडाँडी गाउँपालिकामा रु. ४८ लाख ८७ हजार(०.६१ प्रतिशत) बेरुजु देखिएको छ। यसैगरी बेरुजु बढी आउने पालिकामा कृष्णपुर न

सम्बन्धित सामग्री

धनकुटामा ५ वटा स्थानीय तहमा सबैभन्दा बढी बेरुजु

धनकुटा । सात वटा स्थानीय तह रहेको धनकुटाका ५ वटा स्थानीय तहको बेरुजु १७ करोड ९८ लाख ३ हजार रुपैयाँ रहेको छ । महालेखाको ५८ औं वार्षिक प्रतिवेदनले ५ वटा स्थानीय तहमा सबैभन्दा बढी बेरुजु रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । प्रतिवेदनले सबैभन्दा बढी महालक्ष्मी नगरपालिकाको ११ करोड १४ लाख ५२ हजार रुपैयाँ बेरुजु रहेको […]

बढ्दो छ बेरुजुको चाङ

खोटाङका स्थानीय तहमा बेरुजुको चाङ ठडिएको छ । दश स्थानीय तह रहेको जिल्लामा गत आर्थिक वर्ष २०७६/०७७ गरिएको लेखा परीक्षणका क्रममा रु ४० करोड ९७ लाख ७६ हजारभन्दा बढी बेरुजु देखिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार  सबैभन्दा बढी जन्तेढुङ्गा गाउँपालिकामा रु सात करोड ८८ लाख ५८ हजार बेरुजु देखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा कम रावाबेँसी गाउँपालिकामा रु एक करोड ७८ लाख ५४ हजार मात्र बेरुजु देखिएको छ । यसैगरी केपिल

गुल्मीका स्थानीय तहमा साढे २३ करोड बेरुजु

गुल्मीमा साढे २३ करोड बेरुजु देखिएको छ । जिल्लाका १२ वटा स्थानीय तहमा साढे २३ करोड बेरुजु देखिएको हो । आर्थिक वर्ष २०७५-०७६ मा जिल्लामा कुल २३ करोड ५१ लाख १३ हजार बेरुजु देखिएको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख छ । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा सो बेरुजु देखिएको हो । “आर्थिक वर्ष २०७४-०७५ मा भन्दा २०७५-०७६ मा गुल्मीमा १० करोड ७५ लाख ९९ हजार बढी बेरुजु देखिएको छ । आव २०७४-०७५ मा जिल्लामा कुल १२ करोड ७५ लाख १४ हजार बेरुजु देखिएको थियो ।” कोष तथा लेखा नियन्त्रण कार्यालय गुल्मीले भन्यो ।

बझाङका १२ स्थानीय तहको ४६ करोड बढी बेरुजु

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार बझाङका १२ स्थानीय तहको ४६ करोड भन्दा बढी बेरुजु देखिएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७६-०७७ मा ४६ करोड ७९ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७५-७६ मा ११ करोड ६८ लाख ६१ हजार बेरुजु देखिएको बझाका स्थानीय तहमा आर्थिक वर्ष २०७६-७७ मा चार गुणा बढी बेरुजु देखिएको छ । प्रतिवेदन अनुसार बझाङका १२ वटा स्थानीय तह र मध्ये सबै भन्दा बढी मष्टा गाउँपालिकामा र सबै भन्दा कम केदारस्युँ गाँउपलिकामा बेरुजु देखिएको छ । मष्टा गाँउपलिकामा ६९ करोड ५५ लाख ५२ हजार लेखापरीक्षण रकम मध्ये १८.८० प्रतिशत अर्थात १३ करोड ७ लाख ६३ हजार बेरुजु देखिएको छ ।