भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट प्रकरणमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु : गृह मन्त्रालय

काठमाडौँ। भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्यु भएको घटनामा संलग्नलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य प्रारम्भ भएको गृह मन्त्रालयले जनाएको छ । घटनाको सत्य तथ्य छानबिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन समेत गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले यसअघि सोलुखुम्बु, धनुषा, कास्की तथा […]