पोखरा: बाढीको क्षतिको अवलोकनका लागि नेपाली सेनाको हेलिकोप्टरमा बिहीबार मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल अझै फर्केका छैनन्। मौसम खराबीका कारण मुख्यमन्त्री फर्किन नसकेका हुन्। पोखरा फर्कने प्रयास भए पनि मौसममा आएको खराबीले हेलिकप्टर उड्न सकेन। हेलिकप्टर पुन: चामे फर्काइएको छ।
यसैबीच, प्रदेश सभामा भोली शुक्रबार मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यसूची छ। …