सामुदायिक वनको सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुनतारा सामुदायिक वन उपभोक्ता समिति, इलामका अध्यक्ष राजेन्द्र थेबे विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अन्य पदाधिकारीलाई थाहा नै नदिई सामुदायिक वनको रकम हिनामिना गरेको भन्दै थेबे विरुद्ध अख्तियारले १३ लाख ९७ हजार ७७७ रुपैयाँ बिगो माग दावी गर्दै मुद्दा दर्ता गराएको हो । यसरी भएको थियो सामुदायिक वनको रकम हिनामिनाअख्तियारले शुक्रबार विशेष अदालतमा दर्ता गराएको मुद्दाअनुसार जुनतारा सामुदायिक वन उपभोक्ता समिति