गुणस्तरीय शिक्षामा बाल बाटिका स्कुलको जोड, सिकाइमा अब्बल

‘सानासाना बालबालिका, तर प्रस्तुती भने दमदार’, बिहीबार राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नेपाल राष्ट्रिय विद्यालय नेपालटारकी प्रधानाध्यापक निर्मला शाक्य भन्दै थिइन्, ‘विद्यार्थीको सिकाइको दायरा फराकिलो हुनुपर्छ । हरेक क्षेत्रमा अब्बल बन्दा नै भविष्य उज्ज्वल हुन्छ ।’अझै पनि विद्यालय शिक्षामा घोकाइ बेसी सिकाइ कम हुन्छ भन्ने टिप्पणी सुन्न पाइन्छ । कितावी ज्ञानबाहेक उनीहरुको रुचि र चाहनाका साथै भविष्यको योजनाबारे कम जानकारी गराइने तितो यथार्थका बीच अहिले समय बदलिएको छ

सम्बन्धित सामग्री

गुणस्तरीय शिक्षामा पहुँच

विदेशमा अध्ययनका लागि प्रस्थान गर्नु र गुणस्तरीय शिक्षा आर्जन गर्नु फरक फरक कुरा हुन् । मुलुकमा १७ वटा विश्वविद्यालय सञ्चालनमा छन् तर बर्सेनि एक लाखभन्दा बढी विद्यार्थी अध्ययनका लागि बाहिरिन्छन् । यस्तो हुनुमा पहिलो कारण नेपालका विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्नु नै हो । वस्तुतः गुणस्तरीय शिक्षाका लागि शैक्षिक पद्धति वैज्ञानिक, व्यावहारिक, जीवन उपयोगी र अनुसन्धानमूलक हुनु पर्छ तर शैक्षिक संस्था अब्बल हुँदैमा विद्यार्थी अब्बल हुन्छन् भन्ने चाहिँ हुँदैन । विद्यार्थी नै पूरै समय अध्ययनमा समर्पित हुनु पर्छ । हाम्रो सन्दर्भमा सतही शैक्षिक ज्ञान प्राप्त गरी विदेशमा अध्ययनका लागि प्रस्थान गर्दा अध्ययन गर्ने मुलुकको भाषा, संस्कृति, जीवन पद्धतिमा अभ्यस्त ब

शिक्षामा सिर्जनशीलता

देश विकासको आधार नै गुणस्तरीय शिक्षा हो । कुनै मुलुक समृद्ध छ भन्नुको तात्पर्य त्यो मुलुक शिक्षाको क्षेत्रमा अब्बल छ र सो क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको भन्ने बुझिन्छ । साथै मुलुक निर्माणमा आवश्यक पर्ने हरेक किसिमका जनशक्ति मुलुकभित्रै उत्पादन हुन्छ भन्ने ठहर्छ । गुणस्तरीय शिक्षामा आमनागरिकले समान अवसर पाउनु पर्छ । राज्यले अवलम्बन गरेको नीतिले नागरिकलाई गुणस्तरीय शिक्षा दिई सबल र सक्षम बनाउन सहयोग गर्नुपर्छ  । शिक्षा व्यक्तिको नैसर्गिक अधिकार हो र नागरिकको यो अधिकारलाई नेपालको संविधानको धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्थाले सुनिश्चित गरेको छ भने धारा ३९ को बालबालिकाको हकको व्यवस्थाले यसको पक्षपोषण गरेको छ ।