सूर्यदर्शन सहकारी : अध्यक्षसहित ३ जनाविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस

पोखरा : इन्टरपोलले पोखरा महानगरपालिका-४ मा कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ। इन्टरपोललाई नेपाल प्रहरीले नोटिस जारी गर्न अनुरोध गरेको थियो।सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई र जिबीका दाजु भूपेन्द्र राईविरुद्ध नोटिस जारी भएको हो।जिबी राई ग्यालेक्सी टेलिभिजनका समेत सञ्चालक हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि ग्यालेक्सी टेलिभिजनमा उनका साझेदार रहेका थिए।सूर्यदर्शन सहकारीक