राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालकको मृत्युबारे छानबिन समिति गठन

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि उत्पन्न तनाव सहमतिमा टुंगिएको छ । बालकको मृत्युबारे छानबिन गर्न घोराही–३ का वडा अध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने सहमति भएको छ ।