त्रिवि शिक्षण अस्पतालमा पोष्ट कोभिड सम्बन्धी उपचार सेवा

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले पोष्ट कोभिड सम्बन्धी उपचार सुरु गरेको छ। कोरोना निको भइसकेका व्यक्तिहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएको भन्दै अस्पतालले आइतबारदेखि पोष्ट कोभिड उपचार सम्बन्धी सेवा सुरु गरेको हो।