नेपालमा भाजपा विस्तार गर्ने भन्दै दिएको अभिव्यक्तिप्रति नेपालको आपत्ति

भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले नेपालमा पनि भाजपा विस्तार गर्ने भन्दै दिएको अभिव्यक्तिप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । मुख्यमन्त्री देवले गत शनिबार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा समेत भारतीय जनता पार्टी (भाजपा) को सरकार विस्तार गर्ने योजना बनाएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।